रवि लामिछानेकाे बसमा महिला मात्रै चढ्न पाउने

रवि लामिछानेकाे बसमा महिला मात्रै चढ्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा महिलाले मात्रै प्रयोग गर्न पाउने निःशुल्क बस सेवा सञ्चालन गर्न लागेका छन् । उनले रास्वपाको झण्डामा प्रयोग भएको नीलो रंग पोतिएको बसलाई ‘ब्लु बस’ को नामाकरण गरेका छन् ।

लामिछानेले आफू उपनिर्वाचनमा निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा निर्वाचन क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । महिला मात्र सवार हुने उक्त बस चितवन क्षेत्र नम्बर २ को शहरी क्षेत्रमा सञ्चालनमा आउने बताइएको छ । 

बस चढ्न चाहनेले पहिले नै कार्ड लिनुपर्ने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्री राखिएको र सांसद लामिछानेसँग गुनासो भएमा चिठ्ठी खसाल्ने ठाउँको व्यवस्थासमेत गरिएको छ । लामिछानेले निर्वाचनको समयमा घोषणा गरेको एक सय जनालाई स्वदेशमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक ४० हजारदेखि एक लाख ५० हजारसम्मको तलबको व्यवस्था गरिएको जानकारी दिइएको छ । 

यसनिम्ति भरतपुरको बसेनीमा सम्पर्क कार्यालय खोलेर प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको उद्घाटनमा घण्टी बजाइएको थियो ।

टिप्पणीहरू