प्रहरी हिरासतमा रहेकी मीटरब्याज पीडित अञ्जना रावत छुटेकी छन् । उनलाई प्रहरीले हिजो राति ८ बजे पक्रेर प्रहरी वृत्त कालिमाटी पुर्याएको थियो ।
मीटरब्याज तथा ठगी संघर्ष समितिका प्रवक्ता निर्ग नवीनको नेतृत्वमा गएको झण्डै दुई दर्जनको टोलीले उनलाई आज बिहान छुटाएको हो ।
उनीहरु बा.१ ज ६११३ नम्बरको माइक्रो बसमा प्रहरी वृत्त कालिमाटी पुगेका थिए । उनीहरु रावतलाई प्रहरी हिरासतबाट छुटाउन झण्डा, ब्यानर बोकेर गएका थिए ।