ओम होटलमा जुवाको खाल, प्रभुसहित १३ जना पक्राउ
भक्तपुरमा एक दर्जनबढी जुवाडे खालबाट समातिएका छन् ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १३ जनालाई प्रहरीले पक्रेको हो ।
विशेष सुराकी आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक ताससमेत बरामद गरेको छ ।
टिप्पणीहरू