विदेशको आश देखाउँदै लाखौँ कुम्ल्याएकी फूलमाया फेला परिन्

विदेशको आश देखाउँदै लाखौँ कुम्ल्याएकी फूलमाया फेला परिन्

क्यानाडा पठाइदिने सपना देखाउँदै सर्वसाधारणसँग रकम ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

दोलखाको जिरी नगरपालिका ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २७ वर्षीया फूलमाया जिरेल ठगी आरोपमा समातिएकी हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मीनभवनबाट पक्राउ गरेको हो ।

जिरेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी मिलन केसीले जानकारी दिए । उनीमाथि पीडितबाट पटक पटक गरेर तीन लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको अभियोग छ ।

टिप्पणीहरू