मन्दिरमा ट्यांकर

मन्दिरमा ट्यांकर

काठमाडौंको न्युरोडस्थित महांकाल मन्दिरमा ट्यांकरले हानेछ । अस्ति राति कुदाएर ल्याएको एउटा पानी ट्यांकरले हानेको हो । सडकको छेवैमा रहेको मन्दिरमा ट्यांकरले हानेपछि भक्तजन रिसाएका छन् । यी पापीले के गरेका होलान् ! भगवान्लाई पनि छाडेनन् यिनीहरूले ! हे प्रभू,  क्षमा गर !

अब यसमा बिचरा ट्यांकरलाई पनि के दोष दिनु ? दोष त मन्दिरकै होला । सडकको छेउमा मन्दिर किन बनाउनुपर्‍यो ? वास्तवमा सडक फराकिलो पार्नुपर्छ भनेकै यही कारणले हो । राति एक दुई पेग घुट्क्याएर गाडी चलाउँदा यो सडकले पुग्दैन क्या । रातिको लागि त सडक अलि फराकिलो बनाउनै पर्छ । सडक फराकिलो नगर्ने,  मन्दिर पनि बाटो छेउमै बनाउने । अनि ट्यांकरले नठोके के गर्छ त ? अब बल्ल बालेन साहले त्यहाँबाट मन्दिर हटाउनुहोला कि ?

टिप्पणीहरू