झापामा अनुमति नलिई औषधि बिक्री गर्ने थुप्रै
झापामा अनुमतिबिना औषधी बिक्रीवितरण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमकबाट विभिन्न औषधिसहित पक्रेको बताइएको छ ।
दमक ७ का २६ वर्षीय दिपेश खड्का, दमक ६ का ३३ वर्षीय रोशनकुमार साह र इलाम दानाबारी ७ का २६ वर्षीय संजीव सुवीदी प्रहरी हिरासतमा पुगेका हुन् । ती सबैलाई हिजो साँझ दमक ३ बाट औषधिसहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
टिप्पणीहरू