संसद निर्धारित समयमा चल्नुपर्छ, बार्गेनिङ्ग रातारात गरे हुन्छ : रवि लामिछाने

संसद निर्धारित समयमा चल्नुपर्छ, बार्गेनिङ्ग रातारात गरे हुन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभा बैठक निर्धारित मिति र समयमै शुरु हुनुपर्नेमा जोड दिएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताए । तीन दलका शीर्ष नेताहरु रुचिअनुसार संसद चलाइएको भन्दै असन्तुष्टि जनाएका उनले शीर्ष नेताको बन्धक सदन हुन् नसक्ने प्रष्ट पारे । 

'सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो समयमा सदन किन चल्दैन ?’, रविले प्रश्न गरे । तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे । 

 ‘यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ?’, उनको प्रश्न छ ।

टिप्पणीहरू