इलाममा अहिले : कम मत खस्यो,सूर्य र रुखबीच तीब्र प्रतिस्पर्धा

इलाममा अहिले : कम मत खस्यो,सूर्य र रुखबीच तीब्र प्रतिस्पर्धा
सुन्नुहोस्

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको छ । एमाले,नेपाली काँग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने ठानिएको उपनिर्वाचनमा जनलहर र उत्साह भने खासै देखिएको पाइन्न ।

विगतमा समानुपातिक र प्रदेश सभाका उम्मेदवारलाईसमेत मतदान गर्नुपर्ने भएकाले लामो समय लाग्ने गर्दथ्यो । अहिले भने एउटा मात्र चिन्हमा मतदान गरिने भएकाले घुईंचो नदेखिएको मतदान केन्द्रमा उपस्थित कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुको भनाइ छ ।

इलाम २ मा १९ जना उम्मेदवार छन् । एमालेका तर्फबाट सुहाङ नेम्वाङ, काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र मुढा चिन्ह लिएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसोसम्म भएको मतदानलाई आकलन गर्दै स्थानीय विश्लेषकहरु भन्छन्,पहिलो र दोस्रो स्थानमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने पक्का छ । रास्वपाको घण्टी र मुढा चिन्हवाला स्वतन्त्र उम्मेदवारबीच तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने अवस्था छ ।
काँग्रेसका खड्काबाहेक अरु सबै जनजाति उम्मेदवार भएकाले उनीहरुको जातीय भोट क्रस हुने सम्भावना बढी देखिन्छ । पछिल्लो समय पहिचानवादीले जातीय भोटमा केही प्रभाव पारेको आशंका छ । धर्मगुरु आत्मानन्द लिंगदेन पहिचानवादी उम्मेदवारपट्टी खुलेकाले पनि उनको भोट केही बढ्ने अनुमान गरिएको छ । 

डिकेन्द्र आफैँ किरात धर्म तथा साहित्य उत्थानसम्बन्धी संस्थाका अध्यक्ष हुन् । पहिले एमालेको संगठनमा आवद्ध भए पनि पछि पहिचानवादी आन्दोलनमा होमिएका  थिए । 

यता,एमाले उम्मेदवार एवम् तत्कालीन उपाध्यक्ष तथा पूर्व सभामुख स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङको स्थिति मजबुत रहेको एमालेजनको भनाई छ । एमालेका सबै तहगत समितिले  सुहाङले झिनो मतान्तरले भए पनि जित्ने दाबी गरेका छन् ।

चुनावी प्रचारमा इलाम पुगेका लामिछानेलाई समेत स्थानीय सञ्चारकर्मीले सहकारी काण्ड र जिबी राईबारे सोध्दा उनी ‘टापटिपे’ जवाफ दिएर उम्किए । पत्रकार ऋषि धमलाको चुनावी बहस कार्यक्रममा पुगेका मिलन लिम्बू एकाएक कार्यक्रम छाडेर हिँडेकाले पनि घण्टीको प्रभाव भनेजति नभएको आकलन गरिँदैछ ।
 

काँग्रेस पनि सांगठानिक हिसाबले एमालेझैँ सशक्त देखिन्छ । अघिल्लो निर्वाचनमा सुवासले १ सय १४ भोटको झिनो मतान्तरले खड्कालाई पराजित गरेका थिए ।

रास्वपा उम्मेदवारले पहिलेको भन्दा केही बढी मत ल्याउने अनुमान गरिएको छ । इलामको निर्वाचनमा सभापति तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी काण्डले असर पारेको बुझिन्छ । चुनावी प्रचार प्रसारको क्रममा दुर्गा प्रसाईंले चोकैमा आयोजना गरेको कार्यक्रममा रविको सहकारी काण्डबारे छताछुल्ल पारेका थिए ।

चुनावी प्रचारमा इलाम पुगेका लामिछानेलाई समेत स्थानीय सञ्चारकर्मीले सहकारी काण्ड र जिबी राईबारे सोध्दा उनी ‘टापटिपे’ जवाफ दिएर उम्किए । पत्रकार ऋषि धमलाको चुनावी बहस कार्यक्रममा पुगेका मिलन लिम्बू एकाएक कार्यक्रम छाडेर हिँडेकाले पनि घण्टीको प्रभाव भनेजति नभएको आकलन गरिँदैछ ।

टिप्पणीहरू