एमालेका हिक्मत तेस्रोपटक कोशीको मुख्यमन्त्री

एमालेका हिक्मत तेस्रोपटक कोशीको मुख्यमन्त्री
सुन्नुहोस्

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

संविधाको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ । 

प्रदेश प्रमुखले भोलिसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न हिजो आह्वान गरेपछि कार्कीले आज बिहान दाबेदारी प्रस्तुत गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर मुख्यमन्त्री नियुक्त गरिएको हो । 

आजै साँझ मुख्यमन्त्री कार्कीको सपथ हुने बताइएको छ । उनी यसअघि दुईपटक मुख्यमन्त्री भैसकेका छन् ।

यता, सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत पुगेका छन् ।

टिप्पणीहरू