चार्टड एकाउण्टेनको कार्यक्रममा राष्ट्रपति- पारदर्शिता र सुशासन एक अर्काका पूरक

चार्टड एकाउण्टेनको कार्यक्रममा राष्ट्रपति- पारदर्शिता र सुशासन एक अर्काका पूरक

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताउनुभएको छ । 

नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको राष्ट्रपति पौडेलको भनाई छ । 

विदेशी दातृ निकाय र मित्र राष्ट्रहरुले सहयोग गर्दा खर्च र हिसाव प्रणालीको पारदर्शीतामा ध्यान दिने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धिसमेत यसैबाट हुने बताउनुभयो । विकास निर्माणका ठूला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने राष्ट्रपतिको विश्वास छ ।

सहीलाई सही र गलतलाई गलत भनी स्पष्ट हिसाव हुन नसके आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्न सहज नहुने राश्त्रपतो पौडेलले बताउनुभयो ।

उहाँले हरबखत चनाखो रहेर हिसाव मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढंगबाट कर्म सम्पादन गर्ने लेखा परीक्षकहरुलाई राष्ट्रका आर्थिक पहरेदारको संज्ञा दिनुभयो ।

टिप्पणीहरू