ललिता निवास जग्गा प्रकरणका आरोपित अझै एक साता थुनामा

ललिता निवास जग्गा प्रकरणका आरोपित अझै एक साता थुनामा

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । 

काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो । यसअघि प्राप्त थुनुवा अनुमति आज समाप्त भएपछि सीआईबीले पुन: सात दिन म्याद थपका लागि अनुरोध गरेको थियो । 

यस प्रकरणमा पक्राउ परेका २० जनाविरुद्ध संगठित अपराध र किर्ते अपराधमा अनुसन्धान चलिरहेको छ । सीआईबीले उनीहरुविरुद्ध सोही कसूरमा मुद्दा अभियोजन गर्ने तयारीका साथ अनुसन्धान गरिरहेको बताइएको छ । 

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना हाल सीआईबीको हिरासतमा छन् ।

टिप्पणीहरू