सबै श्रेणीहरू

आँबुखैरेनीमा पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

आँबुखैरेनीमा पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

तनहुँको आँबुखैरेनीमा पहिरो गएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूलो ढुंगासहितको पहिरोले राजमार्ग अवरुद्ध भएको बताइएको छ ।

हिजो साँझ गएको पहिरो हटाउन इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका र सडक डिभिजन कार्यालयका कर्मचारी खटिएका छन् ।

लगातारकाे वर्षाका कारण पहिरो हटाउन समस्या भएको बताइएको छ ।