बाग्मती सरकारलाई इञ्जिनियर चाहियो

बाग्मती सरकारलाई इञ्जिनियर चाहियो

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले करारमा कर्मचारी भर्न गर्न लागेको छ । आज सार्वजनिक सूचना निकालेर मन्त्रालयले इञ्जिनियर र सव-इञ्जिनियर पदमा कर्मचारी मागेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी भद्रौ १५ गतेसम्म आवेदन दिन भनिएको छ । सूचनामा जनाइएअनुसार सिभिल इञ्जिनियर पदका लागि आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट सो विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी इञ्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ। 

त्यस्तै, सब-इञ्जिनियरको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट उक्त  विषयमा डिप्लोमा, प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी इञ्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

मन्त्रालयले १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको पुरुष र ४० वर्ष नकटेको महिला तथा अपांग व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।

टिप्पणीहरू