सीटीईभीटीले छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा केन्द्र तोक्यो

सीटीईभीटीले छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा केन्द्र तोक्यो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा-प्रमाणपत्र तथा प्रि–डिप्लोमा तहका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा केन्द्र कायम गरेको छ । 

सीटीईभीटीले सूचना प्रकाशित गर्दै गत असार २९ र साउन १९ गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सूचनाअनुसार रीतपूर्वक छात्रवृत्तिको अनलाइन फाराम भरेकाको परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएको हो । सूचनामा प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले प्रवेश परीक्षा दिन हलमा जाँदा अनिवार्य रुपमा प्रवेशपत्र र कालो पेन लैजानुपर्ने उल्लेख छ । 

त्यस्तै, उत्तरपुस्तिकामा आफूले प्राप्त गरेको प्रश्नपत्रको सेट अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा नगर्ने परीक्षार्थीको परीक्षा रद्द गरिने पनि जानकारी गराएको छ । यससम्बन्धी विस्तृत विवरण परिषद्को वेबसाइटमा हेर्न सकिनेछ ।

टिप्पणीहरू