चीन–लाओस सीमा नजिकै बीआरआई मिडिया कार्यालय

चीन–लाओस सीमा नजिकै बीआरआई मिडिया कार्यालय
सुन्नुहोस्

चीनले लाओसको सीमा नजिकै स्थापना गरेको बीआरआई मिडिया कार्यालयको आज उद्घाटन गरिएको छ । युन्नान प्रान्तसँग जोडिएको लाओसको सीमा नजिकै उक्त कार्यालय स्थापना गरिएको छ । 

आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यालयको संयुक्त उद्घाटन भएको हो । लाओसमा चीनको बीआरआई सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका धेरै परियोजना सञ्चालनमा आइसकेका छन् ।

चीनको युन्नान प्रान्तबाट लाओससम्म चीनले रेलमार्गको बिस्तार गरेको छ । त्यस्तै बोटेन विशेष आर्थिक क्षेत्र रसाइसेथा आर्थिक सहयोग क्षेत्र पनि विशेष परियोजनामध्येका हुन् ।

टिप्पणीहरू