स्पेनले चुम्यो महिला विश्वकपको उपाधि

स्पेनले चुम्यो महिला विश्वकपको उपाधि

महिला विश्वकपको उपाधि स्पेनले जितेको छ ।भर्खरै सम्पन्न फाइनलमा स्पेनले इङ्ल्याण्डलाई हराउँदै महिला विश्वकप जितेको हाे ।

स्पेनले १–० गोल अन्तरले इङ्ल्याण्डलाई हराउँदै पहिलो पटक महिला विश्वकपको उपाधि हात पारेको छ । स्पनेकी ओल्गा कार्मोनाले गरेको गोल नै फाइनलमा निर्णायक बनेको हो ।

यसअघि, अमेरिकाले चार पटक, जर्मनीले दुई पटक र नर्वे तथा जापानले एक–एक पटक महिला विश्वकपको उपाधि जितेका थिए ।

फोटो स्रोत : एएफपी

टिप्पणीहरू