नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पशुपतिनाथको मन्दिर पुग्नुभएको छ । सवा ८ बजे पशुपति मन्दिर परिसरमा प्रवेश गर्नुभएका उहाँ पूजापाठ र दर्शनको निम्ति त्यहाँ जानुभएको बताइएको छ ।
उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो साँझ प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो । त्यसअघि संसदीय सुनुवाई समितिले कायममुकायमको हैसियतमा रहनुभएका श्रेष्ठलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
राष्ट्रपति पौडेलले आज अपरान्ह ४ बजे शीतल निवासमा आयोजना गर्न लागिएको विशेष समारोहमा प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।