सबै श्रेणीहरू

बालुवाटार प्रकरणको फाइल सरकारी वकिलको कार्यालयमा

बालुवाटार प्रकरणको फाइल सरकारी वकिलको कार्यालयमा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गरेको अनुसन्धान  फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ । सीआइबीले आफ्नो अनुसन्धान प्रतिवेदन फाइल भर्खरै कार्यालयमा हस्तान्तरण गरेको बताइएको छ ।

सीआईबीले ५७ दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन आज बुझाइएको छ । स्रोतका अनुसार दुई सय ५० जनाभन्दा बढीलाई उक्त प्रकरणमा प्रतिवादी बनाइएको छ ।
पूर्वमन्त्री विजय गच्छदारलगायत चार पूर्वमन्त्री, एक दर्जन सचिव र डेढ दर्जन सहसचिवलाई प्रतिवादी बनाइएको उक्त अनुसन्धानमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने प्रतिवादी नबनाइएको बुझिएको छ ।