ब्रिक्स सम्मेलन शुरु, जोहानेस्बर्ग पुगेर पनि चिनियाँ राष्ट्रपति बैठकमा अनुपस्थित

ब्रिक्स सम्मेलन शुरु, जोहानेस्बर्ग पुगेर पनि चिनियाँ राष्ट्रपति बैठकमा अनुपस्थित
सुन्नुहोस्

ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका मिलेर बनाइएको आर्थिक समूह ब्रिक्सको १५औं शिखर सम्मेलन दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा शुरु भएको छ ।

तीन दिने शिखर सम्मेलनको प्रारम्भमा आयोजित ब्रिक्स बिजनेस फोरमको बैठकमा चिनियाँ राष्ट्रपति सि चिनफिङ अनुपस्थित भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मस्कोबाट भर्चुअल सम्बोधन गरेका छन् ।

सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा,ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भौतिक रुपमा उपस्थित भएर सम्बोधन गरेका छन् । चीनको तर्फबाट चिनियाँ वाणिज्यमन्त्री ह्वाङ वेन्ताओले राष्ट्रपति सिका तर्फबाट वक्तव्य पढेर सुनाएका छन् ।

राष्ट्रपति सिको वक्तव्यमा भनिएको छ, ‘प्रभुत्ववाद चीनको डिएनएमा छैन ।’ ब्राजिलका राष्ट्रपति लुलाले ब्रिक्सलाई जी सेभेन,जी ट्वान्टी वा अमेरिकाको प्रतिस्पर्धी संगठन बनाउन नचाहेको धारणा राखेका छन् ।

टिप्पणीहरू