लाइसेन्स लिनेको ३८ रुपैयाँमा स्वास्थ्य परीक्षण

लाइसेन्स लिनेको ३८ रुपैयाँमा स्वास्थ्य परीक्षण
सुन्नुहोस्

यातायात व्यवस्था कार्यालय, दाङले स्वास्थ्य परीक्षण सेवा सुचारु गरेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने सेवाग्राहीलाई कार्यालयले आजबाट उक्त सेवा सुचारु गरेको जनाइएको छ ।

स्वास्थ्य परीक्षण सेवाबापत सेवाग्राहीले ३८ रुपैयाँ तिर्नुपर्ने कार्यालय प्रमुख रमेश गौतमले बताए । उनका अनुसार कार्यालयको कोठा नम्बर १३ बाट स्वास्थ्य परीक्षण सेवा दिन थालिएको छ । 

‘सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणसम्बन्धी सेवाबापत ३८ रुपैयाँ दस्तुर लिई यसै कार्यालयबाट उपलब्ध गराउने भएकाले कोठा नम्बर १३ बाट स्वास्थ्य परीक्षणसम्बन्धी सेवा लिनुहुन’, जारी सूचनामा उल्लेख छ । 

स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीहरु हर्षित भएका छन् । बाहिर मँहगो शुल्क तिरेर स्वास्थ्य परीक्षण गराउनुपर्ने बाध्यता पनि हटेको छ ।

टिप्पणीहरू