धरानका मेयर हर्क साम्पाङ्गलाई अदालतको उर्दी

धरानका मेयर हर्क साम्पाङ्गलाई अदालतको उर्दी

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । 

न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न अन्तरिम आदेश दिएको हाे । प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले हर्कविरुद्ध हालेको रिटमा अदालतले यसअघि पनि सोही आदेश दिएको थियो । 

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको अधिकारी दम्पत्तिको जग्गामा साउन ६ गते हर्क वृक्षारोपण गर्न गएका थिए । सो जग्गा आफ्नो भएको उनीहरुले दावी गरेपछि विवाद भयो । त्यसविरुद्ध अधिकारी अदालत पुगे ।   
 
गत सोमबार मेयर हर्क फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको हो । उनी त्यहाँ पुग्दा अधिकारी दम्पत्तिले प्रतिवाद गरेका थिए । उक्त घटनामा आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरीसमेत दिएका छन् । 

त्यसपछि पुनः अदालत गएका अधिकारी दम्पत्तिको पक्षमा अन्तरिम आदेश आएपछि मेयर हर्क अप्ठेरोमा परेका छन् ।
 

टिप्पणीहरू