मधेशी आयोग पनि कारबाहीको पक्षमा

मधेशी आयोग पनि कारबाहीको पक्षमा

मधेशी आयोगले संवैधानिक प्रावधान विपरीत गाई गोरु काटेर सार्वजनिक रुपमै भोज आयोजना गर्नेमाथि कडा कानूनी कारबाहीको माग गरेको छ । 

नेपालको संविधानको धारा–९ को उपधारा ३ मा राष्ट्रिय जनावर गाई उल्लेख भएको स्मरण गराउँदै आयोगले उक्त संवैधानिक प्रावधान विपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।  

आज जारी विज्ञप्तिमा आयोगका सचिव रुद्रप्रसाद लामिछानेले संविधान विपरीत कार्य गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याई संविधानको सुरक्षा गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । 

‘सुनसरी जिल्लाको धरानमा संवैधानिक प्रावधान विपरीत गाई गोरुलाई हत्या गरी सार्वजनिक रुपमै भोजको आयोजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो क्रियाकलाप संविधान विपरीत छ । संविधान विपरीत कार्य गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याई संविधानको सुरक्षा गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक एंव सामुदायिक सद्भाव कायम राखी दोषीमाथि अविलम्ब कारबाही गरी शान्ति सुरक्षा एवम् समस्या समाधानका लागि यथाशीघ्र पहल हुन आयोग अपेक्षा गर्दछ ।’

टिप्पणीहरू