नयाँ दिल्लीका सडकपेटीमा पौने सात लाख गमला राखिँदै

नयाँ दिल्लीका सडकपेटीमा पौने सात लाख गमला राखिँदै

आगामी साता भारतको राजधानी नयाँ दिल्लीमा जी २० शिखर सम्मेलन हुँदैछ । विश्वका विकसित र उदाउँदो अर्थतन्त्र भएका मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु नयाँ दिल्लीमा पुग्दैछन् । 

सोही कार्यक्रमको निम्ति नयाँ दिल्लीलाई आकर्षक बनाउन थालिएको छ । विशेषगरी त्यहाँका महत्वपूर्ण ६१ वटा सडकलाई ६ लाख ७५ हजार वटा पूmलका गमलाले सजाउन थालिएको छ ।

भदौ २३ र १४ गते हुने सम्मेलनको निम्ति विशेषगरी नयाँ दिल्लीका सरदार पटेल मार्ग, तीन मूर्ति मार्ग, धौला कुँवा, विमानस्थल आउजाउको सडक, इण्डिया गेटलगायत ६१ वडा सडकमा ती फूल र वनस्पतीका गमला राख्न थालिएको हो ।

टिप्पणीहरू