स्वयम्भूमा नगर प्रहरी र सुकुम्बासीवीच सम्भावित भिडन्त

स्वयम्भूमा नगर प्रहरी र सुकुम्बासीवीच सम्भावित भिडन्त
सुन्नुहोस्

राजधानीका नदी किनार र अन्यत्र बसोबास गर्दै आएका सुकुम्बासी हटाउने अभियानमा काठमाडौं महानगरपालिकाका प्रहरीहरु आज स्वयम्भू नजिकै जाने भएका छन् । उनीहरुले स्थानीय नमूना बस्तीका सुकुम्बासीलाई थलो छाड्न दिएको तीन दिनको म्याद आज सकिँदैछ । 

अस्ति माइकिङ गरेर बस्ती हटाउन अनुरोध गर्दै अन्यथा आज सुरक्षाकर्मीले बल प्रयोग गर्ने चेतावनी दिइएको थियो । तर, स्थानीयले बस्ती रक्षा र जबर्जस्ती उठिबासविरुध्द संघर्ष गर्ने जनाएका छन् ।

आफूहरु २० वर्षभन्दा बढी समयदेखि उक्त स्थानमा बस्दै आएकाले महानगरले भन्दैमा थातथलो नछाड्ने अडान सुकुम्बासीहरुको छ । ४६ घरमा बसोबास गर्दै आएका दुई सय बढीले आफूहरुलाई बिचल्ली बनाउन खोजिएको आरोप लगाएका छन् ।

टिप्पणीहरू