त्रिभुवन विमानस्थलमा सन्दीप लामिछानेको पत्रकार सम्मेलन

त्रिभुवन विमानस्थलमा सन्दीप लामिछानेको पत्रकार सम्मेलन
सुन्नुहोस्

पाकिस्तान जान लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनी कतार एअरवेजको उडानमा दोहा हुँदै पाकिस्तान जान लागेको बताइएको छ ।

तारा बराललगायतको टोली उनको बिदाईमा विमानस्थल पुगेको छ । विमानस्थलमा अहिले पत्रकार सम्मेलन गरिएको छ । सो क्रममा लामिछानेले पाकिस्तानी टोलीसँग जित्ने विश्वासका साथ पाकिस्तानबाट केही नयाँ र सकारात्मक पक्ष हासिल हुने बताएका छन् । 

नेपाली क्रिकेट टोलीका पूर्व क्याप्टेन लामिछानेमाथि उमेर नपुगेकी किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । यसअघि उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा रिहा भएर विदेशमा आयोजित प्रतियोगितामा सहभागी हुन थालेका हुन् ।

 

टिप्पणीहरू