चिनियाँ संगीतकारहरुको टोली ढाका हुँदै काठमाडौंमा

चिनियाँ संगीतकारहरुको टोली ढाका हुँदै काठमाडौंमा

चिनियाँ म्युजिसियन एसोसिएसनको उच्चस्तरीय टोली भर्खरै काठमाडौं आइपुगेको छ । 

संघका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट र महासचिवसहित आठ जनाको टोली ढाकाबाट विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा बिहान पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

आगामी शनिबार स्वदेश फर्कने उक्त टोलीले पर्सि बिहिवार बेलुका आर्मी अफिसर्स क्लब काठमाडौंमा चीनको परम्परागत संगीत प्रस्तुत गर्नुका साथै सांस्कृतिक आदानप्रदानसमेत गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

टोलीलाई स्वागत गर्न नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सात जनाको टोली विमानस्थल पुगेको थियो ।
 

टिप्पणीहरू