क्रिकेट खेल हेर्न रवि लामिछाने श्रीमतीसहित कोलम्बो उडे

क्रिकेट खेल हेर्न रवि लामिछाने श्रीमतीसहित कोलम्बो उडे
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकाको राजधानी कोलम्बो गएका छन् । उनी श्रीलंकन एयरको उडान नम्बर युएल १८२ मा श्रीमती निकिता पौडेलसहित त्यता गएको बताइएको छ ।

पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको एसिया कप क्रिकेट २०२३ मा भोलि नेपाल र भारतबीच खेल हुँदैछ । उनी भोलिको खेल हेर्न कोलम्बो गएको रास्वपाका एक जना नेताले बताए । 

सोही उडानमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग पनि कोलम्बो गएका छन् ।

टिप्पणीहरू