सबै श्रेणीहरू

दार्चुलाको तिंकरमा सशस्त्रको बीओपी

दार्चुलाको तिंकरमा सशस्त्रको बीओपी

सशस्त्र प्रहरी बल नेपालले दार्चुलाको तिंकरमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

यसअघि भारतसँगको सीमामा रहेको बीओपी चीनसँगको सीमा क्षेत्रमा पनि राखिएको हो । बीओपी दार्चुलाको व्यास गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना गरिएको जानकारी दिइएको छ । 

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बीओपीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली तैनाथ गरिएको छ ।