सबै श्रेणीहरू

तीजको दर आज, ब्रत भोलि

तीजको दर आज, ब्रत भोलि

हिन्दु महिलाहरु हरितालिका तीजको तयारीमा जुटेका छन् । भोलिको ब्रतअघि आज साँझ दर खाने चलन छ । 

आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने गरिन्छ । दरमा विशेषगरी दुध, घिउबाट बनेका शाकाहारी खाना खाइन्छ ।

तर, पछिल्ला केही वर्षदेखि साउन लागेपछि नै दर खाने गरिएको छ । होटल, रेष्टुराँ र पार्टी प्यालेसमा दिनहुँजसो दर खाने र रमाइलो गर्ने प्रचलनको रुपमा स्थापित भएको छ ।

तीज नेपालका साथै भारतीय राज्यहरु उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा समेत मनाउन थालिएको छ ।