डाक्टरहरु विरोधमा उत्रिएपछि सरकारले भन्यो - छलफलबाट विवादको समाधान गर्न पहल भइरहेको छ

डाक्टरहरु विरोधमा उत्रिएपछि सरकारले भन्यो - छलफलबाट विवादको समाधान गर्न पहल भइरहेको छ

सरकारले चिकित्सकहरुका माग समाधानका लागि सम्बन्धित पक्षसँग वार्ता भैरहेको जानकारी दिएको छ । 

कार्यक्षेत्रमा खटिएका डाक्टरमाथि कुटपिट भएको घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर समस्या समाधानको प्रयास भैरहेको बताएको हो । चिकित्सक संघका पदाधिकारीसँग भएको वार्ता सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । 

हेटौंडास्थित सन्चो अस्पतालमा सहकर्मी कुटिएको विरोधमा चिकित्सकहरुले आजबाट देशभर आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । जसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामीहरु अलपत्र परेपछि सरकारका तर्फबाट यस्तो धारणा आएको हो । 

चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठिएका विषयवस्तु तत्काल सम्बोधन गर्न मन्त्रिस्तरको शुक्रबारको निर्णयानुसार वार्ता टोली गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू