शिक्षा विधेयक संशोधनका लागि सुझाव माग
नेपाल विद्यालय कर्मचारी परिषद्ले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधनका लागि आवश्यक राय-सुझाव माग गरेको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले मुलुकभरका जिल्ला कार्य समितिलाई परिपत्र गर्दै आगामी तीन दिनभित्र सुझाव पठाउन भनेका हुन् । उक्त विधेयकमा विद्यालय कर्मचारीहरुको सम्बन्धमा कुन–कुन बुँदामा के–के संशोधन गर्नुपर्ने हो प्रस्ट हुनेगरी परिषद्को इमेल ठेगानामा पठाउन भनिएको छ ।
‘नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० हाल संघीय संसद सचिवालय संसद भवन, सिंहदरबार काठमाडौंमा दर्ता भई छलफलको क्रममा रहेको हुँदा विद्यालय कर्मचारीहरुको सम्बन्धमा कुन–कुन बुँदा संशोधन गर्नुपर्ने हो सोहीअनुसार त्यस जिल्लाका स्थानीय पालिका समितिसँग समेत छलफल गरी बैठक पुस्तिकाको फोटोकपीसहित तीन दिनभित्र यस कार्यालयको इमेलमा पठाउन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू