सडकमा लम्पसार राहत शिक्षकहरु भन्छन् : राहत कोटा नै ठीक, ल्याप्चे वडा सदस्यको रवैयामा बाँच्नु छैन
शुक्रबार राति सरकारसँग गरिएको सम्झौता धोका भन्दै आन्दोलन अघि बढाएका असन्तुष्ट शिक्षकहरुले आफूहरुलाई राहत कोटामै फिर्ता गराइदिन अनुरोध गरेका छन् । उनीहरुले शनिबारदेखि नै आन्दोलन जारी राखेका छन् ।

आज शिक्षामन्त्री र शिक्षा सचिवलाई पत्र लेख्दै राहत तथा अनुदानका स्थायी शिक्षक समूहले १५ वर्षदेखि कार्यरत रहेको र ४० वर्षको उमेर कट्न लागेकाले आफूहरुलाई राहत कोटामै फिर्ता गराइदिन अनुरोध गरेका हुन् । उनीहरुले एक पटकको लागि माफी दिई साबिक राहत तथा अनुदान कोटा मै पदस्थापना हुने व्यस्थाको लागि अनुरोध गरेका छन् ।
पत्रमा लेखिएको छ, ‘हामीले मेहेनत गरी प्रावि तहको जागिर खाए बापत ३ वर्षसम्म सरुवा नहुने, पेन्सन नपाउने, हाम्रो सेवा अवधी गणना नहुने, सञ्चित बिरामी बिदा रकम नपाउने, साबिकको राहत, अनुदान कोटाबाट आन्तरिक प्रतिस्पर्धामा भिड्न नपाउने, ल्याप्चे वडा सदस्यको रवैयामा बाँच्नुपर्ने जस्ता नसिहत भोग्न हामी बाध्य हुनेछौं ।’
टिप्पणीहरू