महाराजगञ्जको टिचिङ अस्पताल बन्द, बिरामीहरु अलपत्र

महाराजगञ्जको टिचिङ अस्पताल बन्द, बिरामीहरु अलपत्र
सुन्नुहोस्

डाक्टर अभावमा आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको सेवा ठप्प भएको छ । चिकित्सकहरु आन्दोलनमा उत्रेपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएको बताइएको छ । 

अस्पताल पुगेका बिरामी तिनका आफन्त मर्कामा परेका छन् । कतिपय बिरामीको आजलाई तोकिएको शल्यक्रिया र अन्य उपचारसमेत प्रभावित भएको छ ।

पोखराको मणिपाल हस्पिटलमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सक कुटेको बिरोधमा टिचिङका चिकित्सकहरु विरोध प्रदर्शन गर्दै माइतीघर पुगेपछि अस्पताल बन्द भएको हो ।

चिकित्सकहरुका अनुसार सुत्केरी बिरामीको मृत्यु भयपछी आक्रोशित बिरामीका आफन्तले डक्टरलाई कुटपिट गरेका हुन् । सोही विरोधमा उनीहरुले आज बिहान महाराजगञ्जदेखि नारा लगाउँदै माइतीघरसम्म जुलुस निकालेका थिए । 

डा. सन्दीप ओखेडाको नेतृत्वमा झण्डै ५० जना डाक्टर गए पनि अस्पतालका अरु चिकित्सकले समेत सेवा सुचारु नगरेपछि अस्पताल बन्द भएको हो । उनीहरुले पनि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द रहेको बताए ।

टिप्पणीहरू