चाडबाडसँगै पेट्रोलियम पदार्थको भाउ बढाइयो, ग्याँस सिलिण्डरमा २१५ रुपैयाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएराति १२ बजेपछि लागु हुनेगरी भएको वृद्धिमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढेको छ ।
सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासको साबिक मूल्यमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाइएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७९ र ग्याँस प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १८३, डिजेल र मट्टितेल प्रतिलिटर १७३ तथा ग्यासको मूल्य १ हजार ८९५ थियो ।
हिजोदेखि नेपाली हिन्दु धर्मावलम्बीहरुको ठूलो पितृ पर्व सोह्रश्राद्ध शुरुभएको छ । त्यसपछि दशैं, लगत्तै तिहार, नेपाल सम्बत तथा छठ पर्व मनाइन्छ ।
टिप्पणीहरू