सबै श्रेणीहरू

एमसिसी टोली मध्यराती   अमेरिका फिर्ता

एमसिसी टोली मध्यराती   अमेरिका फिर्ता

नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना (एमसिसी) की सिइओ एलिस अल्ब्राइट आज बिहान सबेरै अमेरिका फर्केकी छन् । पाँच सदस्यीय टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारी उच्च अधिकारीहरुसँग गहन छलफलपछि स्वदेश फर्केको हो ।

एमसिसी परियोजनाको कार्यान्वयन अवस्था र आगामी कार्य योजनाबारे स्थलगत अध्ययन गर्न अल्ब्राइट नेतृत्वको टोली आइतबार काठमाडौं आएको थियोे । उनीहरुले यसबीचमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,उर्जामन्त्री शक्ति बस्नेत,अर्थमन्त्री डा. प्रकाशशरण महत,एमाले अध्यक्ष केपी ओली,काङ्ग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेका थिए । 

टोलीमा एमसिसी भाइस प्रेसिडेन्ट तथा कँग्रेसनल एण्ड पब्लिक एफेयर्स आइसा हाउस पनि थिइन् । त्यसैगरी यसअघि पटक पटक नेपाल आइसकेका युरोप, एसिया प्यासिफिक, ल्याटिन अमेरिकी मुलुक हेर्ने डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्स, सिइओ अल्ब्राइटकी विशेष सल्लाहकार सियरा रुथेरमिच र कम्प्याक्ट अपरेसन डिपार्टमेन्टका एसोसिएट डाइरेक्टर मोनिका चाभेज पनि फर्केका छन् ।