अफगानिस्तानमा शक्तिशाली भूकम्प, डेढ सयको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, डेढ सयको मृत्यु
सुन्नुहोस्

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण झण्डै डेढ सय जनाको मृत्यु भएको छ । गएराति ६.३ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

पश्चिम भागमा रहेको हेरात प्रान्तमा गएको भूकम्पमा एक हजारभन्दा बढी मानिस घाइते भएका छन् । भूकम्प तीन पटक गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हेरातबाट पश्चिम इरानसँगको सीमा क्षेत्रमा रहेको इरानी अधिकारीहरुले बताएका छन् ।
 

टिप्पणीहरू