इजरायल–हमास युद्धमा ५ सय बढीको मृत्युु, विद्रोहीले एक सय बढीलाई नियन्त्रणमा लिएको अमेरिकी दाबी

इजरायल–हमास युद्धमा ५ सय बढीको मृत्युु, विद्रोहीले एक सय बढीलाई नियन्त्रणमा लिएको अमेरिकी दाबी

इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीच हिजो बिहानदेखि भएको युद्धमा दुवै पक्षका पाँच सयभन्दा बढीको मृत्यु भएको छ । हजारौं घाइते भएको बताइएको छ ।

हमासको आक्रमणबाट २५० जनाको र इजरायली प्रतिकारमा अर्कोतर्फ २६५ जनाको मृत्यु भएको इजरायल र प्यालेष्टिनी अधिकारीहरुलाई उद्धृत गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।  

यसैबीच इजरायलस्थित अमेरिकी दूतावासले विद्रोही समूहले एक सय सर्वसाधारण तथा इजरायली सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । इजरायली सेनाले हमासविरुद्ध आठ स्थानबाट प्रतिकार थालेको छ ।

इजरायली वायुसेनाले गाजापट्टीस्थित हमासको सैन्य क्याम्पमा पटक पटक आक्रमण गरेका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा राखिएका छन् ।

उक्त घटनामा ७ जना नेपाली विद्यार्थीको समेत हताहती भएको प्रारम्भिक सूचना आइपुगेको छ ।

टिप्पणीहरू