इजरायलमाथि हमास आक्रमणपछि अमेरिकी पनडुब्बी र युध्दक विमानको ताँती

इजरायलमाथि हमास आक्रमणपछि अमेरिकी पनडुब्बी र युध्दक विमानको ताँती

प्यालेस्टिनी विद्रोही समूह हमासको भिषण आक्रमणपछि अमेरिकाले हतियारद्वारा सुसज्जित पानी जहाज र युध्दक विमानहरु त्यसतर्फ पठाएको छ । अस्ति बिहानदेखिको आक्रमण र प्रत्याक्रमणमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डले जारी गरेको विज्ञप्तिमा हिजैदेखि वायु सेनाका एफ १५,एफ १६ र ए १० युध्दक विमान त्यसतर्फ पठाइएको उल्लेख छ । 

त्यसैगरी जल सेनाले सीभीएन ७८, सीजी ६०,डीडीजी ११६, डीडीजी ६१,डीडीजी ६४, डीडीजी ८० युद्धक विमान वाहक जहाजहरु पनि भूमध्यसागरतर्फ अघि बढाइसकेको छ । अमेरिकी सेनाका जर्नेल तथा कमाण्डर माइकल एरिक कुरिल्लाले अमेरिकाको सुुरक्षा साझेदार मुलुक इजरायललाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

टिप्पणीहरू