हमासको आक्रमणबाट १८ जना थाइ नागरिकको मृत्यु, ११ जना अपहरित

हमासको आक्रमणबाट १८ जना थाइ नागरिकको मृत्यु, ११ जना अपहरित फाेटाे स्राेत : राेयटर्स
सुन्नुहोस्

प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १८ जना थाइल्याण्डका नगारिक मारिएका छन् । शनिबार र आइतबारको हमलामा उनीहरुको हत्या गरिएको बताइएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले यसअघि इजरालयमा भएको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको बताएको थियो । त्यहाँ रहेका हजारौं थाइ नागरिकलाई तत्काल उद्धार गरिने जानकारी दिइएको छ ।  

मन्त्रालयकी प्रवक्ताले नौ जना घाइते भएको र ११ जनालाई आक्रमणकारीले बन्दी बनाएको उल्लेख गरेकी छन् । इजरायलको कृषि क्षेत्रमा झण्डै ३० हजार थाइ नागरिक काम गर्दै आएका छन् । तीमध्ये तीन हजार जनाले आफूलाई स्वदेश फर्काइदिन अनुरोध गरिसकेका छन् ।

टिप्पणीहरू