पक्राउ परेकालाई छाडेपछि धनकुटामा सडक यातायात सुचारु

पक्राउ परेकालाई छाडेपछि धनकुटामा सडक यातायात सुचारु

आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश पुनःनामाङ्कन संघर्ष समितिले बिहानदेखि बन्द गरेको धनकुटाका सडक सुचारु भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाकी सूचना अधिकारी ममता अधिकारीका अनुसार पक्राउ परेका पहिचान पक्षधर तीनै जना कार्यकर्तालाई छाडेपछि बिहानदेखिको बन्द खुलेको हो । 

‘अहिले धनकुटा खुलिसकेको छ । पक्राउ परेका तीनै जना बिनासर्त रिहा भएका छन्,’ उनले भनिन् । आफ्ना कार्यकर्ता बिनासर्त रिहाको माग राख्दै समितिले बिहानैदेखि कोशी राजमार्गमा यातायात अवरुद्ध गरेपछि यात्रुहरु बिचल्लीमा परेका थिए । 

सवारीसाधन अवरुद्धका कारण पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरतर्फ जाने र त्यताबाट धनुकटा आउँदै गरेका सवारीसाधन सडकमा रोकिएका थिए ।

टिप्पणीहरू