प्यालेस्टाइनको पक्षमा चप्पल कारखाना नजिकै जुलुस

प्यालेस्टाइनको पक्षमा चप्पल कारखाना नजिकै जुलुस
सुन्नुहोस्

हमास-इजरायल युद्धमा प्यालेस्टाइनमाथि अन्याय भएको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा सो पार्टीले प्रदर्शन गरेको हो । प्रवक्ता धर्मेन्द्र वास्तोला 'कन्चन'को नेतृत्वमा निस्किएका प्रदर्शनकारीहरुले प्यालेस्टाइनी जनतामाथि इजरायल र अमेरीकाले गरेको आतंक बन्द गर्नुपर्ने मागसहित चर्को नारावाजी गरेका थिए ।

उनीहरुले 'प्यालेस्टाइनी जनतालाई युद्ध होइन, न्याय देऊ', 'अमेरिकी सम्राज्यवाद मूर्दावाद', 'अमेरिकी साम्राज्यवाद र इजरायली युद्धको विरोध गरौँ', लेखिएका प्लेकार्ड देखाएका थिए । 

 प्रदर्शनमा सो पार्टीका कार्यालय सदस्य दिनेश शर्मा, गुमबहादुर सिंह, अखिल क्रान्तिकारीका सह-संयोजक वीरेन्द्र शाहसहित करिब पाँच दर्जन कार्यकर्ता उपस्थित थिए ।

टिप्पणीहरू