चीनबाट काठमाडौं हुँदै नयाँ दिल्ली जान लागेका भारतीयको साथमा लाखौंको विदेशी मुद्रा

चीनबाट काठमाडौं हुँदै नयाँ दिल्ली जान लागेका भारतीयको साथमा लाखौंको विदेशी मुद्रा
सुन्नुहोस्

काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक जना भारतीय यात्रुको साथबाट अवैध ३१ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा फेला परेको छ । सिचुआन एअरको उडानमा सिचुआन प्रान्तको छन्तुबाट बिहान काठमाडौं आइपुगेका  थिन्ले छोदेनको साथबाट अवैध विदेशी मुद्रा फेला परेको बताइएको छ ।

काठमाडौंबाट एअर इण्डियाको उडानमा नयाँ दिल्ली जान लागेका पासपोर्ट नम्बर यु८५७७११७ का थिन्लेको साथबाट उक्त मुद्रा प्रस्थान कक्षको प्रहरी चेकिङको क्रममा फेला पारिएको हो । 

उनलाई थप अनुसन्धानको निम्ति विमानस्थलस्थित प्रहरी युनिट पुर्याइएको छ ।

टिप्पणीहरू