चीनका चार वटा गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृत

चीनका चार वटा गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृत

चीनका चार वटा गाउँलाई संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

सन् २०२३ मा सूचीकृत भएकामा च्याङ्सी प्रान्तको ह्वाङलिङ गाउँ, चच्याङ प्रान्तको सियचियाङ गाउँ, कान्सु प्रान्तको चागना गाउँ र शान्सी प्रान्तको चुचिवान गाउँ हुन् । 

संगठनको हिजो उज्बेकिस्तानमा भएको २५ औं बैठकले चीनका ती गाउँलाई उत्कृष्टको सूचीमा राख्ने निर्णय गरेको हो । योसहित अब चीनका आठ वटा गाउँ उत्कृष्ट पर्यटकीय गाउँमा दर्जमा भएका छन् ।

विश्वका ६३ मुलुकले पेश गरेका २५८ वटा गाउँका नाममध्ये ३२ मुलुकका ५४ गाउँलाई उक्त सूचीमा समावेश गरेको छ ।


स्राेत : सिन्ह्वा ।

टिप्पणीहरू