एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक

एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक

चीनको हाङचौमा जारी चौथो एसियाली पारा खेलकुदमा नेपालले कास्य पदक जितेको छ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्वनले नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

उनले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्य पदक जितेकी हुन् । नेपालले एसियाली पारा खेलकुदमा जितेको यो नै पहिलो पदक हो ।

पलेसाले चीन, कजाकिस्तान र इरानका खेलाडीसँग प्रतिस्पर्धा गरेकी हुन् । उनले यसअघि सन् २०२१ म बहराइनमा आयोजित एसियाली युथ पारा गेम्समा स्वर्ण, २०१८ मा भियतनाममा चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य र टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेकी थिइन् ।

टिप्पणीहरू