विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुरमाथि सहज जित

विश्वकप छनोटमा नेपालको सुखद सुरुवात, सिंगापुरमाथि सहज जित
सुन्नुहोस्

आजदेखि घरेलु मैदानमा शुरु भएको आईसीसी टी-२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध सानदार जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको छ । 

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले २ विकेटको नोक्सानीमा २१ बलअघि नै भेट्टाएको हो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले १४५ रन बनाएको थियो । 

नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पाली खेले । आक्रमक खेलेका उनले मात्र ४८ बलमा ७४ रन बनाए । तयस्तै, कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे भने आसिफ शेखले २७ रनको योगदान दिए ।  

नेपाललाई जितका लागि ५ रङ चाहिएको अवस्थामा ब्याटिङमा आएका कुशल मल्लले पहिलो बलमै छक्का प्रहार गरी जित दिलाए ।

बलिङतर्फ अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिए ।

टिप्पणीहरू