राष्ट्रसंघीय महासचिवको ध्यान खिञ्च लेनिन विष्टहरुले बबरमहलमा नारा लगाउने

राष्ट्रसंघीय महासचिवको ध्यान खिञ्च लेनिन विष्टहरुले बबरमहलमा नारा लगाउने

माओवादीका युद्धमा लागेका बाल लडाकुहरुले आज प्रदर्शन गर्ने भएका छन् । युद्धमा सामेल गराएर आफूहरुमाथि ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनीहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव  एन्टोनियो गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने दिन पारेर प्रदर्शनको तयारी बहिर्गमित जनमुक्ति सेनाले प्रदर्शन गर्न लागेको बताइएको छ ।

‘संयुक्त राष्ट्रसंघमा महासचिवलाई हाम्रो मुद्धाका बारेमा जानकारी गराउनका लागि आज काठमाडौंमा प्रदर्शन गर्न लागेका छौं,’ बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले भने, ‘पूर्वबाल जनमुक्ति सेनाको मुद्धा सम्बोधन गराउनका लागि र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि उक्त प्रदर्शन गर्न लागिएको हो ।’ 

उनका अनुसार ११ बजेदेखि बबरमहल क्षेत्रमा सो समूहले प्रदर्शन गर्नेछ ।  महासचिव गुटेरेसले आज ४ बजे संघीय संसदको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू