समग्रमा हिमालय क्षेत्र निकै डरलाग्दो देखियोे : राष्ट्रसंघीय महासचिव

समग्रमा हिमालय क्षेत्र निकै डरलाग्दो देखियोे : राष्ट्रसंघीय महासचिव
सुन्नुहोस्

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिजो र आजको बिहानको समय हिमाली क्षेत्रमा बिताउनुभयो । उहाँको टोली हिजो बिहान सगरमाथा नजिकै र आज अन्नपूर्ण हिमालको समिपमा पुगेको हो । 

विश्वमा देखिएको जलवायु परिवर्तनका असरले उच्च हिमाली क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्ने क्रममा महासचिव गुटेरेस हिमालय क्षेत्रको अध्ययन भ्रमणमा जानुभएको बताइन्छ । 

सगरमाथा शिखर नजिकै पुगेर उहाँले भन्नुभयो, ‘मेरो आफ्नै आँखाले आज सगरमाथालाई हेर्ने क्रममा जलवायु परिवर्तनको निकै डरलाग्दो असर हिमालयमा देखियो । पृथ्वीको बढ्दो तापमानले हिमनदी पगालेपछि यसले मानवजातिमाथि नै चुुनौति थपिदिएको छ ।’

सुनौं यस सम्बन्धी उहाँकाे धारणा :

टिप्पणीहरू