जावलाखेलमा गोदावरीको प्रदर्शनी

सुन्नुहोस्

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा आजदेखि शुरु भएको छ ।  

फ्लोरीकल्चर एशोसियसन नेपाल (एफएएन) ले जावलाखेलस्थित खेलकुद मैदानमा प्रदर्शनी आयोजना गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले आज बिहान एक कार्यक्रमका बीच प्रदर्शनीको उद्धघाटन गर्नुभयो । 

उद्धघाटन समारोहमा सांसद गणेश पराजुली, कृषि मन्त्रालयका सहसचिव सवनम सिवाकोटी, उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, कृषि विभागका महानिर्देशक हरी ढकाल, वनस्पति विभागका महानिर्देशक राजेन्द्र केसी, राष्ट्रिय फलफूल केन्द्रका प्रमुख डा.शान्ता कार्कीलगायत उपस्थित थिए । 

"रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरी' भन्ने मूल नाराका साथ शुरु भएको १६ औं प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने जनाइएको छ ।

फूलको पर्व तिहारको मुखमा शुरु भएको प्रदर्शनीको ५० हजारले प्रत्यक्ष अवलोकन गर्ने करोड बढीको कारोबार हुने आयोजकको विश्वास छ ।
 

टिप्पणीहरू