काठमाडौँमा सवारी चेकजाँच तीव्र, २४ घण्टामा डेढ हजार चालक कारबाहीमा

काठमाडौँमा सवारी चेकजाँच तीव्र, २४ घण्टामा डेढ हजार चालक कारबाहीमा
सुन्नुहोस्

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही अभियान तीव्र बनाएको छ । 

चाडपर्वमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्न उपत्यकाका तीवटै जिल्लामा विशेष टोली परिचालन गरेर चेकजाँच र कारबाही तीव्र पारिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५२७ सवारी चालक कारबाहीमा परेका छन् । 

जसमध्ये मादक पदार्थ सेवन गरी गाडी चलाउँदा कारबाहीमा पर्नेको संख्या ७५ छ । त्यस्तै, लेन मिच्ने २१, रेड लाईट क्रस गर्ने १२, हर्न बजाउने १७, नम्बर प्लेट नराखी गाडी चलाउने १५, तीव्र गतिमा गाडी गुडाउने ३२१ जना कारबाहीमा परेका छन् । अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनालाई कारबाही गरिएको छ । साथै, कार्यालयले ट्राफिक नियम पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

टिप्पणीहरू