मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध बलिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्नुपर्ने भएको हो । 

नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । 

समूह चरणको पहिलो खेलमा नेपालले हिजो सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

टिप्पणीहरू